Advertisement
संघीय शिक्षण सिकाइ अनुदानमा कार्यरत शिक्षकका मागहरू शिक्षा मन्त्रालयमा पेसकाठमाडौं, नेपाल
शिक्षा मन्त्रालयका प्रमुख सल्लाहकार तथा विद्यालय शिक्षा विधेयकको मस्यौदा संयोजक शैलेन्द्र झासमक्ष संघीय शिक्षण सिकाइ अनुदानमा कार्यरत शिक्षकका माग तथा मुद्दाहरू पेस गरिएको छ। नविन सरद्वारा उक्त मागहरू मन्त्रालयमा बुझाइएको हो।
संघीय शिक्षण सिकाइ अनुदान शिक्षकहरूले मुख्यतया निम्न मागहरू अगाडि सारेका छन्:
शिक्षा विभागको निर्देशन अनुसार कार्यविधि २०७७ लाई संशोधन गर्नको लागि समितिमा पेस गरिनुपर्ने।
पेसागत निरन्तरताको सुनिश्चितता गरिनुपर्ने तथा दरबन्दीमा रूपान्तरण गर्नुपर्ने।
सामाजिक सुरक्षा कोषमा आबद्धताको व्यवस्था गरिनुपर्ने।
छफलको क्रममा शिक्षा मन्त्रालयका प्रमुख सल्लाहकार तथा मस्यौदा संयोजक शैलेन्द्र झाले मन्त्रालय अनुदान शिक्षकहरूका मागमुद्दाप्रति सकारात्मक रहेको बताएका छन्।
Advertisement
Event venue
Kathmandu, Nepal
Tickets