Advertisement
विजया दशमी तथा शुभ-दीपावलीको अवसरमा शुभकामना आदान-प्रदान एवं अन्तर-संस्था मैत्रीपूर्ण भलिबल प्रतियोगिता २०२६हार्दिक निमन्त्रणा!
नमस्कार!
नेपालीहरूको महान् चाड विजया दशमी तथा शुभ-दीपावलीको पावन अवसरमा लुम्बिनी सेवा समाज अमेरिकाद्वारा आयोजित शुभकामना आदान-प्रदान एवं अन्तर-संस्था मैत्रीपूर्ण भलिबल प्रतियोगितामा सम्पूर्ण नेपाली समुदायलाई हार्दिक निमन्त्रणा गर्दछौँ।
शारिरिक तन्दुरुस्ती, आपसी सद्भाव, मित्रता, भाइचारा तथा संस्थागत सम्बन्धलाई अझ प्रगाढ बनाउने उद्देश्यले आयोजित यस कार्यक्रममा नेपाली समाज टेक्सास र लुम्बिनी सेवा समाज अमेरिकाका कार्यसमितिका पदाधिकारी एवं सदस्यहरूबीच मैत्रीपूर्ण भलिबल खेल हुनेछ।
कार्यक्रम विवरणः
मिति: अक्टोबर ३१, २०२६, शनिबार
समय: बिहान ७:०० बजेदेखि
स्थान: 300 W Midway Dr, Euless, TX 76039
कार्यक्रम संयोजक
हेमराज भट्टराई
लुम्बिनी सेवा समाज अमेरिका
Advertisement
Event venue
300 Midway Dr W, Euless, TX 76039-3622, United States
Tickets