Advertisement
हार्दिक निमन्त्रणाआदर्श नेपाली समाज देउसी-भैलो कार्यक्रम २०२६
आदरणीय महानुभावहरूमा नमस्कार! MoNSU ले नेपाली स्कुल सञ्चालन सहयोगार्थ यस वर्ष पनि यस क्षेत्रमा बसोबास गर्ने सम्पूर्ण नेपालीहरू मिली सदाझैँ तिहार भव्य रूपमा मनाउन गइरहेका छौँ। संस्कृतिको जगेर्ना गर्ने यो उत्कृष्ट अवसरमा यहाँहरू सबैलाई हार्दिक निमन्त्रणा गर्दछौँ।
स्थान: Cascade Senior Center, Sterling, बेलुका ५:०० बजे
आकर्षणहरू:
नानी–बाबुहरू, दिदी–बहिनी र दाजुभाइहरूको मनोरञ्जनात्मक संगीत, नृत्य र देउसी–भैलो।
स्वादिष्ट नेपाली परिकारहरू (सेल रोटी, अचार, तरकारी)।
नोट: एकल वा समूह नृत्य/गायनमा प्रस्तुति दिन चाहनुहुन्छ भने कृपया आफ्नो नाम र गीतको शीर्षक बेलैमा यो ग्रुप म्यासेन्जर वा आरती सिग्देललाई खबर गर्नुहोला।
तपाईंको उपस्थिति र सहयोग हाम्रा बालबालिकाहरूको सुनौलो भविष्यका लागि अमूल्य हुनेछ। आउनुहोस्, आफ्नो संस्कृति जोगाऔँ र तिहारको उल्लास सँगै बाँडौँ!
आयोजक, आदर्श नेपाली समाज
MoNSU (Model Nepali Society, USA)
Advertisement
Event venue
Cascades Senior Center, 21060 Whitfield Pl, Sterling, VA 20165-7222, United States
Tickets