Advertisement
परदेशको व्यस्त जीवनले हामीलाई टाढा पुर्याए पनि, हाम्रो मनभित्रको नेपालीपन, हाम्रो संस्कृति र चाडपर्वप्रतिको माया कहिल्यै कम हुँदैन। विशेषगरी नयाँ वर्ष नेपालमा यो केवल पात्रो फेरिने दिन मात्र होइन, नयाँ आशा, नयाँ ऊर्जा र नयाँ सुरुवातको प्रतीक हो। गाउँघरमा बिहानै उठेर नुहाइधुवाइ गर्ने, मन्दिर जाने, परिवारसँग टीका–आशीर्वाद लिने, मीठो परिकार खाने, आफन्तसँग भेटघाट गर्ने र रमाइलो गर्ने हाम्रो सुन्दर परम्परा आज पनि उत्तिकै जीवन्त छ। कतै मेला लाग्ने, कतै सांस्कृतिक कार्यक्रम हुने, कतै साथीभाइसँग हाँसो–खुसी साट्ने नयाँ वर्षले नेपालभरि एक किसिमको उत्साह र उल्लास ल्याउने गर्छ।तर परदेशमा रहँदा यी सबै रमाइला क्षणहरू सम्झनामा सीमित हुन सक्छन्। यही अभावलाई केही हदसम्म पूरा गर्न, फिन्निश नेपाली समाजले नयाँ वर्ष २०८३ को पावन अवसरमा शुभकामना आदान–प्रदान तथा विविध सांस्कृतिक कार्यक्रम आयोजना गर्न गइरहेको छ। यो कार्यक्रम हाम्रो लागि केवल भेटघाट मात्र होइन—यो हाम्रो संस्कृती जोगाउने प्रयास हो, हाम्रो पहिचानलाई निरन्तरता दिने माध्यम हो, र परदेशमा बसेर पनि “हामी नेपाली हौं” भन्ने भावना झल्काउने सुन्दर अवसर हो।
यस कार्यक्रममा गीत, संगीत, नृत्य, रमाइलो वातावरण र आत्मीय भेटघाटमार्फत हामीले नेपालमा मनाइने नयाँ वर्षको झल्को पाउनेछौं। यहाँ तपाईंले आफ्ना जस्तै भावना बोकेका दाजुभाइ, दिदीबहिनीहरू भेट्नुहुनेछ, जहाँ अपरिचित पनि आफ्नै जस्तो लाग्नेछ। परिवार, साथीभाइ र बालबालिकासँगै सहभागी भई यो अवसरलाई अझ विशेष बनाऔं किनकि यस्ता क्षणहरूले नै परदेशको जीवनलाई न्यानोपन दिन्छन्।
आउनुहोस्, एकछिनका लागि भए पनि नेपाललाई सम्झौं, आफ्ना संस्कार र संस्कृति जिउँदो राखौं, माया साटौं र नयाँ वर्ष २०८३ लाई उल्लास, सद्भाव र एकताका साथ स्वागत गरौं।
📅 मिति: शुक्रबार, १० अप्रिल २०२६
⏰ समय: बेलुका ५:०० बजे देखि
📍 स्थान: Malmin työväentalo
🎟️ प्रवेश: नि:शुल्क
तपाईंको उपस्थिति नै हाम्रो कार्यक्रमको सबैभन्दा ठूलो शक्ति हो।
नयाँ वर्ष २०८३ को हार्दिक मंगलमय शुभकामना !
Advertisement
Event Venue
Malmin työväentalo, Takaniitynkuja 9,Helsinki, Finland
Tickets
Concerts, fests, parties, meetups - all the happenings, one place.











