होली उत्सव २०२६ (Holi- Festival of Colours): मनाऔं -रङ्गहरूको पर्व!

Sun Mar 01 2026 at 12:00 pm to 10:00 pm UTC+02:00

Kankiraudantie 1 , 00700 Helsinki | Helsinki

\u0939\u093e\u092e\u094d\u0930\u094b Events
Publisher/Hostहाम्रो Events
\u0939\u094b\u0932\u0940 \u0909\u0924\u094d\u0938\u0935 \u0968\u0966\u0968\u096c (Holi- Festival of Colours): \u092e\u0928\u093e\u0914\u0902 -\u0930\u0919\u094d\u0917\u0939\u0930\u0942\u0915\u094b \u092a\u0930\u094d\u0935!
Advertisement
आयोजक - हाम्रो इभेन्ट्स
स्थान : राभिन्तोला भट्टी, हेलसिन्की ( Ravintola Bhatti)
मिति : मार्च १ , २०२६ आइतबार / March 1 Sunday
समय: दिनको १२:०० - २२:०० सम्म
होली के हो र किन मनाइन्छ?
बिषेशत फाल्गु पुर्णिमाको रुपमा चिनिने यो पर्ब शिशिर ऋतुको बिदाइ र वसन्त ऋतुको आगमनको उत्साहस्वरुप मनाइने एउटा महत्व पूर्ण पर्ब हो। होलीको रुपमा पनि चिनिने यो पर्ब हिन्दू संस्कृतिमा आपसी मेलमिलाप, भाइचारा र खुसीको प्रतीक हो। जीवनका बिबिध रङ्गहरुलाई आत्मसाथ गर्दै एक आपसमा रङ्ग लगाएर सौहाद्रता पुर्बक मनाइने यो पर्बमा मानिसहरू आफ्ना पुराना रिसराग बिर्सेर एक-अर्कालाई रङ्ग लगाउँछन् र सम्बन्धमा नयाँ रङ्ग भर्छन्।
पौराणिक कथा अनुसार, भगवान विष्णुका भक्त प्रह्लादलाई मार्न खोज्ने राक्षसनी होलिका आफैं अग्निमा भष्म भएको सम्झनामा पनि यो पर्व मनाइन्छ। साथ् साथै आफ्ना आफ्ना स्थान अनुसार बिबिध लोकोक्तिहरु आत्मसाथ गर्दै नेपाल र भारत भर यो पर्ब निक्कै हर्सौल्लाश पुर्बक मनाउने चलन छ।
कार्यक्रम विवरण (Program Schedule)
समय कार्यक्रम
१२:०० PM प्रवेशद्वार खुल्ने (Door Opens)
१२:३० - १३:३०. दर्ता, स्वागत र रङ्ग साटासाट
१३:३० - १४:३०. स्वागत मन्तव्य: 'हाम्रो इभेन्ट्स' को परिचय र उद्देश्य र होलि पर्बको बारेमा परिचयात्मक प्रस्तुति सहित कार्यर्क्रमको बनोट र उद्देश्य माथि प्रस्तुति
सांस्कृतिक नृत्य: बालबालिका तथा वयस्क समूहद्वारा होली विशेष नृत्य
१४:३० - १५:३०. सांगीतिक प्रस्तुत
१५:३० - १६:३०. ओपन माइक (Open Mic): आफ्नो प्रतिभा देखाउने अवसर
१६:३० - १७:००. म्युजिकल चेयर: विजेताका लागि आकर्षक उपहारको व्यवस्था
१७:०० - १७:३०. विङ्गो (Bingo) विजेताका लागि आकर्षक उपहारको व्यवस्था
१७:३० देखि. डिजे र डान्स: सबैका लागि खुल्ला
टिकट दर (Ticket Price)
एकल (Single): ५ युरो
जोडी (Couple): ८ युरो
पारिवारिक (Family - ४ जना सम्म): १० युरो
(नोट: पारिवारिक टिकटमा १६ वर्ष मुनिका बालबालिका मात्र समावेश हुनेछन्। १६ वर्ष माथिका व्यक्तिले अनिवार्य रूपमा आफ्नै टिकट लिनुपर्नेछ।) र जोडी टिकट श्रीमान - श्रीमती वा प्रेमी - प्रेमिकाको हकमा मात्र लागु हुने छ।

नियम तथा सर्तहरू (Rules & Regulations)
हामी सबैको सुरक्षा र रमाइलोका लागि निम्न नियमहरू पालना गरिदिनुहुन अनुरोध गर्दछौँ:
१. भित्र रङ्ग खेल्न निषेध: रेस्टुरेन्ट परिसर भित्र धुलो रङ्ग (Powder color) प्रयोग गर्न पाइने छैन। कसैले यसो गरेको पाइएमा रेस्टुरेन्ट सञ्चालकले क्षतिपूर्ति बापत जरिवाना गर्ने अधिकार राख्नेछ।
२. पानीको प्रयोग निषेध: कार्यक्रम स्थल भित्र वा बाहिर लोला (Water balloons), पिचकारी वा कुनै पनि माध्यमबाट पानी छ्याप्न कडा प्रतिबन्ध लगाइएको छ।
३. अनुमति लिएर मात्र रङ्ग खेल्ने: यो रङ्गहरूको चाड भए तापनि, अर्को व्यक्तिको अनुमति बिना रङ्ग नलगाउनुहोला। हामी हरेक व्यक्तिको व्यक्तिगत छनोट र स्वतन्त्रताको सम्मान गर्दछौँ।
४. अनुशासित व्यवहार: कार्यक्रममा कसैलाई पनि अपशब्द प्रयोग गर्न, अभद्र व्यवहार गर्न वा अनावश्यक स्पर्श गर्न पाइने छैन। सबैले एक-अर्काप्रति सम्मानजनक व्यवहार प्रदर्शन गर्नुपर्नेछ।
Advertisement

Event Venue & Nearby Stays

Kankiraudantie 1 , 00700 Helsinki, Kankiraudantie 1, FI-00700 Helsinki, Suomi, Helsinki, Finland

Tickets
Icon
Concerts, fests, parties, meetups - all the happenings, one place.

Ask AI if this event suits you:

More Events in Helsinki

Tri Tolvanen Piano Barrelhouse, Graniittiklubi
Sat, 28 Feb at 09:00 pm Tri Tolvanen Piano Barrelhouse, Graniittiklubi

Graniittiklubi

Fury: CLTX, KLOFAMA, THAM, JOKESONYOU
Sat, 28 Feb at 10:00 pm Fury: CLTX, KLOFAMA, THAM, JOKESONYOU

Ääniwalli

Italo Disco
Sat, 28 Feb at 11:00 pm Italo Disco

Hämeentie 11, 00530 Helsinki, Finland

Taste of Sugar #4
Sat, 28 Feb at 11:55 pm Taste of Sugar #4

Lepakkomies

Horse Show 2026: Sunday
Sun, 01 Mar at 09:00 am Horse Show 2026: Sunday

HELSINGIN MESSUKESKUS

Fokusoinnin peruskurssi 1 - Kehon viisauden kuuntelua
Sun, 01 Mar at 10:00 am Fokusoinnin peruskurssi 1 - Kehon viisauden kuuntelua

Vuorikatu 22c, FI-00100 Helsinki, Suomi

Naisten Kalevala -taiden\u00e4yttelyn avajaiset
Sun, 01 Mar at 03:00 pm Naisten Kalevala -taidenäyttelyn avajaiset

Käpylänkuja 1, 00610 Helsinki, Finland

Sunnuntaiklubin vieraana Bobby Oroza
Sun, 01 Mar at 06:00 pm Sunnuntaiklubin vieraana Bobby Oroza

Roihuvuorentie 1, 00820 Helsinki, Finland

Mertanen & Chopin
Sun, 01 Mar at 07:00 pm Mertanen & Chopin

Helsingin Lyceumklubi, Rauhankatu 7 E 5 krs., 00170 Helsinki, Finland

Luca Stricagnoli in Helsinki
Sun, 01 Mar at 07:00 pm Luca Stricagnoli in Helsinki

Temppeliaukion Church

JID in Helsinki
Mon, 02 Mar at 11:56 am JID in Helsinki

Kulttuuritalo

Helsinki is Happening!

Never miss your favorite happenings again!

Explore Helsinki Events