Advertisement
साउथ अस्ट्रेलियाको एडीलेडमा भव्य भागवत सत्सङ्ग तथा आध्यात्मिक प्रवचन कार्यक्रम सम्पन्न हुन गइरहेको छ। यस पावन अवसरमा १८ महापुराणका प्रतिष्ठित प्रवक्ता पं. कुबेर सुवेदीज्यूले श्रीमद्भागवत तथा सनातन धर्मका गूढ आध्यात्मिक सन्देशहरू सरल र प्रेरणादायी शैलीमा प्रस्तुत गर्नुहुनेछ। साथै, लड्केश्वर धामका पीठाधीश्वर पूज्य श्री मुकुन्द शर्मा हुमागाईज्यूको विशेष उपस्थिति तथा आशीर्वचनले कार्यक्रमलाई अझ दिव्य र गरिमामय बनाउनेछ।यस आध्यात्मिक मिलनले भक्ति, ज्ञान र संस्कारको संगम सिर्जना गर्दै समुदायमा सद्भाव, नैतिक मूल्य र आत्मिक उन्नतिको सन्देश प्रवाह गर्ने लक्ष्य राखेको छ। सम्पूर्ण श्रद्धालु भक्तजन, परिवार तथा मित्रवर्गलाई १५ मार्च २०२६, साँझ २:०० बजेदेखि, 5 Famechon Cres, Modbury North SA 5092 (The Palms Banquet Hall) मा उपस्थित भई पुण्य लाभ लिन हार्दिक आमन्त्रण गर्दछौँ।
आउनुहोस्, सत्सङ्गको माध्यमबाट आत्मशुद्धि, आध्यात्मिक जागरण र सामूहिक सद्भावको अनुभूति गरौँ।
Advertisement
Event Venue
The Palms Banquet Hall, 5-9 Famechon Cres, Modbury North SA 5092, Australia, Elizabeth
Tickets
Concerts, fests, parties, meetups - all the happenings, one place.











