Advertisement
हार्दिक आमन्त्रणबाना परिवार को तर्फबाट, हामी अत्यन्त हर्ष र उत्साहका साथ जानकारी गराउँदछौँ कि हरेक वर्षझैँ यस वर्ष पनि ८औँ नेपालि सडक महोत्सव आयोजना गर्न गइरहेका छौँ।यस महोत्सवको मूल उद्देश्य नेपाली संस्कृतिको संरक्षण र प्रवर्द्धन गर्नुका साथै नेपाली खानपान तथा परिकारहरूको स्वादलाई विविध समुदायसम्म पु-याउनु रहेको छ। नेपाली कला, संगीत, नृत्य र परिकारहरूका माध्यमबाट सांस्कृतिक विविधतालाई उजागर गर्दै यस कार्यक्रमले स्थानीय समुदायबीच आपसी सद्भाव र सम्बन्ध अझ प्रगाढ बनाउन योगदान गर्ने विश्वास लिएको छ।यस विशेष अवसरमा तपाईँको उपस्थितिले कार्यक्रमलाई अझ भव्य र सफल बनाउन महत्वपूर्ण भूमिका खेल्नेछ भन्ने हाम्रो दृढ विश्वास छ।
📍 स्थान: 400 Washington Avenue, Towson
📅 मिति: 14 सेप्टेम्बर,2025
⏰ समय: बिहान ११:०० बजे देखि बेलुकी ५:०० बजे सम्म
यसपटकको महोत्सवमा नेपाली संस्कृतिसँगै विभिन्न स्वादिष्ट परिकारहरूको प्रदर्शनी, मनोरञ्जनात्मक प्रस्तुति तथा सामुदायिक सहभागिताका गतिविधिहरू रहनेछन्।
अत: कार्यक्रमलाई सफल पार्नका लागि तपाईँ तथा तपाईँका परिवारजनलाई यस महोत्सवमा हार्दिक निमन्त्रणा गर्दछौँ।
Advertisement
Event Venue & Nearby Stays
400 Washington Avenue,Towsan, 400 Washington Ave, Towson, MD 21204, United States