Advertisement
एउटी नारीलाई बेवास्ता गर्नु भनेको😔उनीभित्र तिमीबिनाको संसारको बीउ रोप्नु हो।🥰
पुरुषहरू सोच्दछन्,:-
यदि उनीहरूलाई केही समय चुप लगाए,
दूरी बढाए, बोलचाल घटाए,
शायद त्यो मौनताले कुनै रहस्य बाँकी राख्ला,
शायद उनी अझ गहिरो माया गरिरहुन्।
फोनको स्क्रिनतिर हेर्दै, सन्देशको आशामा बाँचीरहुन्,
जाे उनलाई नै थाहा नहोस।🥹
तर उनीहरू बुझ्दैनन् :-
हर नउठाइएको फोनले,
हर चिसो जवाफले,
हर छुटाइएको सम्झनाले,
एउटी नारीलाई सिकाइरहेको हुन्छ कि
मेरो जीवन तिमीबिना पनि अगाडि बढ्छ भनेर।
र एक दिन –
उनी तिम्रो आवाजबिना निदाउन थाल्छिन्।
तिमीबिनाको बिहान पनि उज्यालो देख्न थाल्छिन्।
आफ्नो आँसु आफैँ पुछ्न सिक्छिन्।
र फेरि मुस्कुराउन थाल्छिन्।
जहाँ तिम्रो नाम, तिम्रो उपस्थितिको कुनै अर्थ हुँदैन।
पुरुषहरू बुझ्दैनन्:-
एउटी नारी एक्कासि कहिल्यै टाढा हुँदिनन् भनेर।
उनी टाढिँदै जान्छिन्।
धप्किँदै होइन,बग्दै होइन।
रिसले होइन,आँसुले होइन।
एक किसिमको मौन स्विकृतिले।🙂
सुरुमा उनी अझ आफ्नो मन बुझाउने
प्रयास गर्नेछिन्।
आफ्नै कमी कमजोरी खोज्ने
दु:खपुर्ण आदत।
तर जब उत्तर मौन हुन्छ, दुरी स्थायी हुन्छ –
त्यही मौनतामा
उनको मनमा विद्रोह हुर्किन थाल्छ।
र जब तिमीले थाहा पाउछौ:-
उनी गइसकेकी छन्।
तिमी उनलाई सम्झन्छौ,
तर उनी तिमीलाई सम्झिन छाडिसकेकी हुनेछिन्।
तिमी फर्किन चाहन्छौ,
तर अब उनी निकै अघि बढिसकेकी हुनेछिन्।।
र त्यो दिन-
तिमी आफै बुझ्नेछौ।
मायालाई चिसो व्यवहारले बचाइन्न,
बेवास्ताले मायाको जरा सिँचिदैन।
सबैभन्दा विडम्बनापूर्ण सत्य के छ भने:-
तिमी सोचिरहन्थ्यौ, उनी बिखरिरहेकी छिन्,
तर उनी त भित्रभित्रै जोडिँदै थिइन् –
स्वतन्त्रतासँग, आत्मविश्वाससँग,
र एक नयाँ ‘उनी’सँग.........💞
जहाँ तिम्रो कुनै ठाउँ बाँकी रहँदैन।
त्यसैले,
जो आज तिमी बेवास्ता गर्दैछौ,
सायद भोलि तिमीलाई नामैसहित अपरिचित बनाइसकेकी हुनेछिन्।। 🙏❤️
📝By✍️______🫰NANU🤞______22,March🥰💞
Advertisement
Event Venue & Nearby Stays
Baneshwar, Nepal, Kathmandu, Nepal
Concerts, fests, parties, meetups - all the happenings, one place.









