Advertisement
सूचना !!!बिषय: तामाङ समाज टेक्सास (TSTX) को वार्षिक साधारण सभा २०२५ सम्बन्धी सूचना !!!
आदरणीय सदस्यज्यूहरू,
ल्हास्सो फ्याफुल्ला!, अनि नमस्कार।
यहाहरु सबैमा कुशल मंगलको शुभकामना सहित, हाम्रो तामाङ समाज टेक्सासको आगामी वार्षिक साधारण सभा २०२५ (AGM 2025) को बारेमा सूचना जानकारी गराउन चाहन्छौं
तपाईं हाम्रो समाजको अभिन्न अंग हुनुहुन्छ। समाजले कस्तो दिशा लिन्छ, कस्तो निर्णय गर्छ, त्यो तपाईंको सहभागिताबाट निर्धारण हुन्छ भन्ने हामीलाई लाग्दछ। प्रत्येक वर्ष हुने वार्षिक साधारण सभा (AGM) कुनै औपचारिकता मात्र होइन, यो हामी सबैको साझा सपना, योजना र पहिचान निर्माण गर्ने थलो हो। आफ्नो आवाज उठाउने, सुझाव दिने, र समाजलाई अझै मजबुत बनाउने सुनौलो अवसर हो। आउदो वार्षिक साधारण सभामा २०२५ मा तामाङ समाज टेक्सासलाई अझ सशक्त बनाउन यहाको गरिमामय उपस्थितिको लागि हार्दिक अनुरोध गर्दछौ।
तामाङ समाज टेक्सासको वार्षिक साधारण सभा २०२५ (AGM 2025) निम्नानुसार आयोजना गरिँदैछ:
मिति: September 28th, 2025
समय: 1 pm to 5 pm
स्थान: Bhetghat Restaurant & Bar, 1800 Valley View Ln #104, Irving, TX 75061
यस सभामा:
विगत वर्षको कार्यक्रम र उपलब्धिहरूको प्रतिवेदन प्रस्तुत गरिनेछ,
आर्थिक प्रतिवेदन प्रस्तुत गरिनेछ,
समाजका भावी योजनाहरूको घोषणा गरिनेछ,
र अन्य महत्तोपुर्ण बिषयहरुमा छलफल गरिनेछ
तामाङ समाज टेक्सासले यहाहरुको साथ, सहयोग र सुझावको अपेक्षा राख्दछ।
Advertisement
Event Venue & Nearby Stays
1800 Valley View Ln, Irving, TX 75061-3550, United States