Advertisement
Research Seminar Seriesशीर्षक:
मिथक तोड्दै गुलाबी संवाद : नेपालको यौन स्वास्थ्यका संवेदनशील सवालहरू
वक्ताहरूः
सबिता आचार्य; र करुणा देवकोटा; को-फाउण्डर/कन्टेन्ट क्रियटर, गुलाबी संवाद
मिति, समय र स्थानः
16 March 2025/३ चैत्त २०८१ (आइतबार, दिउँसो ३ बजे)
मार्टिन चौतारी सभाकक्ष, थापाथली, काठमाडौँ
LIVE:
www.fb.com/martinchautari.f
www.youtube.com/mchautari
सार-संक्षेपः
विगत ४ वर्षदेखि, गुलाबी संवाद पडकास्ट मार्फत हामीले यौन तथा प्रजनन स्वास्थ्य र अधिकारका विषयमा छलफल, संवाद गर्दै आइरहेका छौँ । अझै पनि खुलेर कुरा गर्न संकोच मानिने यौन तथा प्रजनन स्वास्थ्यका विषयमा हामीले पडकास्ट मार्फत २०० भन्दा बढी एपिसोड निर्माण गरिरसकेका छौँ । साथै, ब्लग मार्फत यसै विषयसँग सम्बन्धित हाम्रा श्रोताका अनुभव, भोगाइ पनि प्रकाशन गर्दै आइरहेका छौँ ।
यस दौरानमा पडकास्ट सुनेर हामीलाई धेरैले आफ्ना यौन तथा प्रजनन स्वास्थ्य र अधिकारसँग सम्बन्धित भोगाइ, अनुभव, समस्या, जिज्ञासा सेयर गर्नुभएको छ । त्यस्ता कुराले हामीलाई यस विषयको संवेदनशीलतालाई अझ गहन तरिकाले बुझ्न र बुझाउन किन आवश्यक छ भन्ने अनुभूति भएको छ । साथै, उहाँहरूले दिने प्रतिक्रिया, उहाँहरूलाई चासो हुने यौन तथा प्रजनन स्वास्थ्यका मुद्दा के-के छन्, किन यौन स्वास्थ्य र प्रजनन स्वास्थ्यका पनि निश्चित विषयमा आम चासो बढी छ भन्ने कुरा हामी मार्टिन चौतारीमा हुने छलफलमा समावेश गर्नेछौँ । साथै, उक्त विषयहरू कसरी हामीले उठान गरिरहेका छौँ, किन यसको आवश्यकता छ ? हामीले प्राप्त गरेका प्रतिक्रियाले नेपाली समाजमा यौन तथा प्रजनन स्वास्थ्य र अधिकारका विषयमा आम मानिसको धारणा, बुझाइ र चासो के मा छ भन्ने विषयमा केन्द्रित भएर हाम्रो अनुभव सेयर गर्नेछौँ ।
वक्ताको परिचय:
सविता आचार्य, 1st Female Podcast Trainer, गुलाबी संवाद नामक मुद्दा–आधारित पडकास्टकी सह–संस्थापक र सामग्री निर्मात्री हुन् । यो पडकास्ट यौन तथा प्रजनन स्वास्थ्य अधिकार (SRHR) सम्बन्धी मिथक तोड्न र संवेदनशील विषयहरूमा संवाद गर्न केन्द्रित छ । SRHR वकालतमा उनले विशेष गरी युवापुस्तालाई लक्षित गर्दै शिक्षित, सशक्त र प्रेरित गर्ने प्रभावकारी कथाहरू सिर्जना गर्छिन् । नेपाली प्रमुख मिडियामा प्रकाशित उनका गम्भीर लेखहरू र पडकास्टका रोचक एपिसोडहरूले महत्वपूर्ण संवादहरूलाई प्रज्वलित गर्दै समाजका परम्परागत मान्यताहरूलाई चुनौती दिन र परिवर्तन अंगाल्न प्रेरित गर्छन् ।
करुणा देवकोटा, यौन तथा प्रजनन स्वास्थ्य र अधिकारका विषयमा केन्द्रित पडकास्ट, ‘गुलाबी संवाद’ की सह–संस्थापक तथा कन्टेन्ट क्रियटर हुन् । उनी बालबालिका तथा किशोरकिशोरी लक्षित यौन तथा प्रजनन स्वास्थ्य र अधिकारसँग सम्बन्धित विषयमा तालिम तथा कार्यशाला सञ्चालनमा सक्रिय छिन् । विगत १३ वर्षदेखि आमसञ्चार तथा पत्रकारिताको क्षेत्रमा क्रियाशील देवकोटा, हाल सेन्ट जेभियर्स कलेज, माइतीघरमा आम सञ्चार तथा प्रत्रकारिता अध्यापन गर्छिन् । देवकोटाका यौन तथा प्रजनन स्वास्थ्य र अधिकार लगायत लैंगिकता तथा महिलाका विषयमा खोज तथा अनुभवमूलक लेखहरू राष्ट्रिय सञ्चार माध्यममा नियमित प्रकाशित छन् ।
Advertisement
Event Venue & Nearby Stays
Post Box 13470, 27 Jeet Jung Marg Thapathali, Kathmandu, Nepal 44600, Nepal